घाँटीमा पासो लगाएर टिकटक बनाउदा करुणाको मृत्यु

धनगढी :कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ कि करुणा चन्दले स्टुलमा चढेर पंखामा डोरी बाधनुभयो । उहाँको साथमा शनिबार दिउसोको समयमा उहाँको साथमा कान्छो भाई रहनुभएको थियो ।टिकटक बनाउने बेला करुणाले पंखामा झुण्डाएको डोरी आफ्नो घाँटीमा पनि बाधनुभयो । सोही समयमा खुट्टामुनी रहेको स्टुल खस्न पुग्यो र करुणा पंखामा झुण्डिन पुग्नुभयो । सोहि क्रममा भाईले केही गर्न सक्नुभएन र उहाँले आफ्नो आमालाई घटनाबारे जानकारी गराउनुभयो । घटनाबारे सुनेर उहाँकी आमा घर पुग्नुभयो । तर करुणाले प्राण त्यागीसक्नुभएको थियो ।

यता केही वर्षअघि करुणाका दाईको पनि नहरमा डुबेर मृत्यु भएको थियो । उक्त घाउ निको नहुँदै फेरि छोरी गुमाउन परेपछि अहिले चन्द दम्पत्तिको आँसु थामिएको छैन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले टिकटक बनाउने क्रममा करुणको ज्यान गएको बताउनुभयो ।पछिल्लो समय धेरै युवा युवतीहरुको रोजाईमा छ टिकटकअभिनयमा युवायुवतीहरूले नयाँ र फरक प्रयोग गर्न खोज्दा पछिल्लो समय घटना क्रम बढेका छन ।यसमा समयमै सबै सचेत हुन जरुरी छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close