जसपा अर्घाखाँचीको मसाल जुलुस लाई प्रशासनको कडा दमन गरेको भनाई

सन्धिखर्क ।समाजवादी पार्टी, नेपाल (जसपा) ले प्रतिनिधिसभा विघटनविरुद्ध बुधबार अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क मा मसाल जुलुस प्रदर्शन गरेको छ ।
जुलुसमा सहभागि जसपाका नेता कार्यकर्ताहरुले केपी ओली मूर्दावाद, अध्यारो दिने नेकपा प्रकाश दिने जसपा, असंवैधानिक कदम खारेज गर लगायतका नारा लगाएका थिए ।वर्तमान सरकारले असंवैधानिक कदमको विरुद्धमा पार्टीको केन्द्रीय कार्यक्रम अनुसार जुलुस सम्पन्न गरिएको हो । उक्त मसाल जुलुसमा प्रशासनको कडा दमन देखिएको जनाइएको छ । दमनका बाबजुद पनि जसपाले आफ्नो कार्यक्रम सम्पन्न गर्न सफल भएको छ ।
जसपाका केन्द्रिय सदस्य गोकर्ण थापाले बताउनुभयो ।थापाले केपी ओलीले चालेको कु कदमका बिरुद्धमा अब संयुक्त आन्दोलन गरिने र प्रतिगमनकारीलाई घुडा टेकाएरै छाडिने समेत घोषणा गर्नु भएको थियो ।कार्यक्रममा जसपा जिल्ला अध्यक्ष नेत्र थापा लगायतको सहभागीता रहेको थियो ।
कमेन्ट गर्नुहोस !