निर्मला बलात्कार/हत्या प्रकरण:८ प्रहरीलाई जिल्ला अदालतबाट सफाइ

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याकाण्डमा घटनाको प्रमाण नष्ट गरेको आरोप लागेका ८ जना प्रहरीले सफाइ पाएका छन् । कञ्चनपुर जिल्ला अदालतले एसपी डिल्लीराज बिष्ट,सिआइबीका तत्कालीन डिएसपी अंगुर जिसी, ज्ञानबहादुर सेठी, हरसिंह धामी, रामसिंह धामी, एकेन्द्र खड्का, जगदीशप्रसाद भट्ट, र चाँदनी साउदलाई सफाइ दिइएको जिल्ला अदालत कञ्चनपुरका श्रेष्तेदार यदुनाथ शर्माले जानकारी दिए ।
प्रहरीले प्रमाण नष्ट गरेको र अनुसन्धानमा लापरवाही गरेको भनी जिल्ला अदालत कञ्चनपुरमा मुद्दा परेको थियो।
Photo Courtesy: The Kathmandu Post
कमेन्ट गर्नुहोस !