ज्ञानदीप र नृसिह आधारभुत बिधालयमा शैक्षिक सामाग्री हस्तान्तरण

अर्घाखाँची ।अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर ५मा रहेको ज्ञानदीप आधारभूत बिधालय र नृसिह आधारभुत बिधालयमा शैक्षिक सामाग्री हस्तान्तरण गरिएको छ । वडा कार्यालयको आर्थिक सहयोगमा शैक्षिक सामाग्री हस्तान्तरण गरिएको वडा सदस्य शंकर महतले जानकारी दिनुभयो ।विशेष गरि शैक्षिक गुणस्तर बृद्दि गर्न सहयोग गर्ने र कुनै विधार्थीको घरको आर्थिक अवस्था कमजोर भएका बालबालिकाको पढाईमा टेवा पुगोस् भन्ने मुल उद्देश्य शैक्षिक सामाग्री हस्तान्तरण गरिएको वडा सदस्य महतले जानकारी दिनुभयो ।

कार्यक्रममा ज्ञानदीप आधारभूत बिधालयकी प्रअ भगवता भुसाल र नृसिहं आधारभुत विधालयमा शिक्षिका सुनिता महत लगायतको सहभागीतामा शैक्षिक सामाग्री हस्तान्तरण गरिएको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close