दाहाल नेपालको खबरदारी निर्वाचन आयोग र अदालतलाई

काठमाडौं ।प्रचण्ड–माधव समूहले काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । प्रतिनिधिसभा विघटनको विरोधमा समूहका अध्यक्षद्वय प्रचण्ड र माधवकुमार नेपालले निर्वाचन आयोग र सर्वोच्च अदालतलाई जोडदार रुपमा खबरदारी गर्नुभएको छ भने जनताका पीडा नबुझ्ने हो भने अब सिंहदरबार र बालुवाटार घेर्ने प्रचण्डले बताउनुभएको छ।प्रचण्डले चेतावनी दिँदै भने, ‘सजिलो नठान्नुहोला । नेपाली जनतालाई हेप्ने गल्ती कसैले नगरे हुन्छ ।’ प्रचण्डले संवैधानिक निकायमा पुगेकाहरुले खेलाँची ठान्दा देश र जनताले दुःख पाउने चेतावनी दिनुभएको थियो ।उहाँले केपी ओलीलाई दश लाख जनता लिएर सिंहदरबार र बालुवाटार घेर्न आउन नपरोस् भनेर चेतावनी दिनुभएको छ ।

यता नेपालले निर्वाचन आयोगलाई प्रधानमन्त्रीको दबाबमा नपरि विद्यमान कानुन र विधानअनुसार निर्णय गर्न पनि नेता नेपालले आग्रह गर्नुभयो । ।संवैधानिक निकाय निर्वाचन आयोगमा प्रधानमन्त्री ओलीले कुनै पनि हस्तक्षेप गर्न नपाउने भन्दै उहाँले ओलीको आदेश र फरमानलाई भन्दा नियम कानुनअनुसार निर्णयमा पुग्न सुझाउनुभयो । अन्यथा कानुनको कसैले पनि पालना नगर्ने चेतावनी पनि उहाँले दिनुभयो । खबरदार स्वतन्त्र निकाय निर्वाचन आयोगको काममा केपी ओली प्रधानमन्त्रीले कुनै हस्तक्षेप गर्न पाउँदैनन् । निर्वाचन आयोगले नियमावलिमा परिर्वतन गरेर पठाइसकेको छ । नछाप्नु भनी निर्देशन दिइएको छ । उनले तुरुन्त आदेश र फरमान फिर्ता लिऊन् र निर्वाचन आयोगको निर्णयको सम्मान गरून् । होइन भने यो देशमा कसैले पनि कानुनको पालना गर्ने छैनन् । कसैले पनि निर्वाचन आयोगको सम्मान गर्ने छैनन् । उहाँको भनाई छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close