अहिलेको आवश्यकता उत्पादन हो,गाउँपालिका अध्यक्ष आचार्य (भिडियो)

सबैको सन्देश ।सागर महत,अर्घाखाँची ।
अर्घाखाँची मालारानी गाउँपालिका वडा नं. ६लोहरिको खाली डाडो लाई संमरक्षण गर्न गाउँपालिका लागेको छ । जस अन्तर्गत उत्पादनको वृद्धि संगै पर्यटकिय क्षेत्र समेत भएको ठाउँ लाई संमरक्षण गदै गाउँपालिकाले जिल्लामा फरक किसिको कार्यक्रम संचालन गरेको गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्यले जानकारी दिनुभयो ।मङ्गलबार मात्र सोहि क्षेत्रमा चियामा आत्म निर्भर हुनको लागि ३५ सय बिरुवा रोपेर अभियानको सुरुवात गरेको पालिका अध्यक्ष आचार्यले बताउनु भयो ।
भिडियो हेर्नुहोस
धार्मिक एवम् पर्यटनको दृष्टिले महत्वपूर्ण भएर पनि उचित प्रचार प्रसार को अभावमा ओझेलमा परेको क्षेत्र लाई प्रचार प्रसार गर्न पनि गाउँपालिकाले आग्रह गरेको छ । अर्के तर्फ मालारानी गाउँपालिकाले वन क्षेत्रमा जडिबुटि लगाउने कार्यको थालनी गरेको छ ।भने युवाहरु लाई रोजगार सृर्जना गर्न सुलभ दरमा ऋण प्रदान ।गर्ने र गाउँपालिका लाई कृषिमा आत्म निर्भर बनाउने कार्यमा पनि गाउँपालिका लागेको गाउँपालिका अध्यक्ष आचार्यको भनाइ छ ।
कमेन्ट गर्नुहोस !