‘अपराधलाइ राजनीतिकरण गर्दा महिला हिंसा राेकिएन,दाेषीलाइ कारबाही गराैँ ’

बुटवल ।मुलुकमा दण्डहीनताको अन्त्य नभएसम्म आपराधिक प्रबृत्तिका घटनाहरु दोहोरिइरहने सरोकारवालाले गुनासो गरेका छन् । उनीहरुले सरकारले सबैप्रकारका अपराधलाइ राजनीतिकरण गरेर यसप्रकारका घटनाहरु श्रृङ्खलाबद्ध रुपमा घटिरहेको उनीहरुको भनाइ छ ।रिपोर्टर्स क्लव लुम्बिनी प्रदेशको बुटवलमा भएको साक्षात्कार कार्यक्रममा बोल्दै राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश प्रमुख सम्झना शर्माले महिला हिंसाका घटनामा प्रमाण सुरक्षित गर्नुपर्ने बताइन् ।

उनले प्रहरीलाई बलियो बनाउनुपर्ने भन्दै पुर्वाधार ,प्रबिधि जरूरी रहेको बताइन् ।उनले आयोग मिडितमैत्री रहेको भन्दै हिंसा न्यूनिकरण गर्न नैतिक शिक्षा,मानव अधिकार शिक्षा आवश्यक रहेको बताइन् ।ईप्रका बुटवलका प्रमुख प्रहरी नायव उपरिक्षक डिएसपी प्रतीत सिंह राठौरले पछिल्ला घटनामा प्रहरी अनुन्धान कुनैपनि हालतमा नरोकिने बताए ।उनले प्रहरीले अनुसन्धान नरोक्ने बरु प्रमाण खोज्ने बताए । उनले कानुन ठिक र कार्यान्वयन पनि ठिक छ भएपनि घटना घटिरहेको भन्दै मिाजमा जनचेतनामूलक कार्यक्रम जरूरी रहेको बताए ।

मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय बरिष्ठ उपसभापति गोबिन्द खनालले निर्मम घटनामा सरकार दोषि रहेको बताए । उनले निर्मला पन्त,भागिरथी भट्ट लगायतका चेलीमाथि बलात्कारपछि हत्या हुनु क्रुरताको परकाष्टा भएको बताए ।उनले सरकारका अंगहरू पनि कार्यान्वयनमा जान नसकेको भन्दै प्रभाव दवावले होइन विबेक प्रयोग गर्नुपर्ने बताए । उनले सरकारलाई सच्चाउनेगरि काम गर्नुपर्ने भन्दै नागरिकको चेतना स्तर बढाउन जरूरी रहेको बताए ।

उच्च अदालत बुटवल बारका अध्यक्ष अधिबक्ता जोगबहादुर खत्रीले कानुन कार्यन्वयन नभएको भन्दै चिन्ता ब्यक्त गरे ।कानुनमा जन्मकैद छ तर बालिका बलात्कार रोकिएन उनले भने ।उनले महिला हिंसाका आयामको खोजि गर्नुपर्ने भन्दै ,सामाजिक सञ्जाल ,अस्लिल साईटका कारण पनि समस्या बढेको बताए ।गैरसरकारी संस्था महासंघका केन्द्रिय उपाध्यक्ष सुमित्रा शर्माले समाज पित्रि सतात्मक सोचमै रहेको बताइन् । उनले बालबालिका र महिलाहरुलाइ यौन शिक्षा सिकाउनुपर्ने र लाईफ स्किल सिकाउर्ने बताइन् ।साक्षात्कार कार्यक्रम रामकुमार क्षेत्रीको अध्यक्षता तथा कपिल ज्ञवालीको संचालनमा भएको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close