संसदलाई सक्रिय बनाउन सकिन्छः देव गुरुङ

बुटवल, ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका स्थायी समिति सदस्य देव गुरुङले निष्कृय संसदलाई सक्रिय बनाउन सकिने बताउनु भएको छ ।रिपोर्टस क्लब नेपाल लुम्बिनी प्रदेशद्धरा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै गुरुङ्गले न्यायलयको प्रक्रियाबाट र राजनीतिक दलको आपसी सहमतिबाट विघटित प्रतिनिधिसभालाई सक्रिय बनाउन सकिने दावी गर्नुभयो । साक्षात्कारमा बोल्दै गरुङ्गले २०५९ मा राजा ज्ञानेन्द्रद्वारा विघटित संसद राजनीतिक सहमतिमा २०६३ मा सक्रिय बनाईएको उदाहरण दिनुभयो ।

उहाँले संविधान विपरित प्रधानमन्त्री र राष्ट्रपतिले विघटन गरेको प्रतिनिधिसभा सक्रिय र पुर्नस्थापना हुन सक्ने दावी गर्नुभयो । प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्रीले राष्ट्रघात र जनघात गरेको आरोप लगाउंदै सबै देशभक्त राजनीतिक दल, नागरिक समाज, मिडिया एक ठाउंमा उभिनुको विकल्प छैन भन्नुभयो ।

प्रतिगामी कदम नसच्चिएमा शैन्य शक्ति आकर्षित हुने र देशमा जनबिद्रोह पनि हुन सक्ने दुवै सम्भावना रहेको दावी गर्नुभयो । पूर्वमन्त्री समेत रहनुभएका नेता गुरुङले देशमा स्थिरता र स्थायित्व कामय गर्न संसदलाई सक्रिय बनाउनु पर्ने उल्लेख गर्दै प्रधानमन्त्री र राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्दैमा विघटन हुन नसक्ने दावी गर्नुभयो । प्रतिनिधि सभा विघटन गरेर प्रधानमन्त्रीले लामो सङघर्षबाट स्थापित लोकतान्त्रिक, गणतान्त्रिक प्रणालीलाई उल्टाएर आफु सर्वशक्तिमान हुन खोजेको आरोप लगाउनुभयो ।

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री र राष्ट्रपतिको कदम पश्चगामी भएको दावी गर्दै प्रधानमन्त्री ओलीले फासीवादी र तानाशाही चिन्तन देखाएको आरोप लगाउनुभयो । प्रतिनिधि सभा विघटनसंगै नेपाललाई क्रिडास्थल बनाउ बिदेशी शक्तिकेन्द्रहरु आर्कषित भएको बताउनुभयो । उहांले बैशाकमा चुनाव हुन नसक्ने दावी गर्दै प्रधानमन्त्रीले घोषणा गरेको चुनाव संविधान विपरित भएकाले असंवैधानिक रुपमा नेपालमा चुनाव नहुने ठोकुवा गर्नुभयो ।

लोकतान्त्रिक व्यवस्थामा बोल्न पाउने अधिकार सबैलाई भएको उल्लेख गर्दै बोलेकै भरमा पार्टीका नेता, कार्यकर्तालाई गिरफ्तार गर्ने, पक्राउ गर्ने, झुट्टामुद्वा लगाएर तर्साउन खोज्नु सरकारको फासीबादी र तानाशाही चिन्तन हो भन्नुभयो । नेतृ रामकुमारी झाक्रीको गिरफ्तारको विषयलाई इंगित गर्दै नेता गुरुङले भन्न्ुभयो – सरकारको दमनका बिरुद्व प्रतिरोध र प्रतिबाद गरिन्छ । राणाा, पञ्चायतले पनि दमन र झुट्टामुद्वा लगाएकै हो, ओलीले पनि त्यसैको निरन्तरता दिन खोजेका हुन् त्यो सम्भव नभएको बताउनु भयो ।रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close