प्रधानमन्त्री ताप्लेजुङदेखि धनगढीसम्म पुगे, तर आफ्नै कार्यालय सिंहदरबार पुग्दैनन्

काठमाण्डौ ।प्रधानमन्त्री केपी ओली ८ मंसिरमा ताप्लेजुङको घुन्सामा थिए, २४ पुसमा उनी धनगढीमा थिए । यसबीचमा उनी भाषण गर्न सिराहा र चितवन पुगेका छन्, त्यसअघि संखुवासभा पनि पुगे । शनिबार बुटवल पुग्दै छन् । तर, प्रधानमन्त्री आफ्नै कार्यालय सिंहदरबार भने १० महिनादेखि गएका छैनन् ।

गत वर्ष बिरामी भएदेखि नै उनी सिंहदरबार जान छाडेका हुन् । गत वर्ष २१ फागुनमा उनको मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यसलगत्तै कोरोना संक्रमण सुरु भएपछि स्वास्थ्य सुरक्षाको कारणले प्रधानमन्त्री ओली सिंहदरबार गएनन् ।

प्रधानमन्त्री ओलीले पछिल्लोपटक गत २२ वैशाखमा असंलग्न राष्ट्रहरूको सम्मेलनलाई सिंहदरबारस्थित कार्यालयको एक्सन रुमबाटै सम्बोधन गरेका थिए । त्यसपछि उनी सिंहदरबारस्थित कार्यालय पुगेका छैनन् । प्रधानमन्त्री नजाँदा कार्यालय पनि सुनसानजस्तै छ । उनलाई भेट्न दैनिकजसो मुख्यसचिव शंकरदास वैरागी बालुवाटार धाउने गरेका छन् । मन्त्रिपरिषद् बैठक पनि नियमित रूपमै निवासमै बस्छ ।

बालुवाटारमा प्रधानमन्त्री ओलीको धेरैजसो समयमा नेता तथा कार्यकर्तासँगको भेटघाटमै बित्ने गरेको छ । अझ संसद् विघटनपछि त उनी आफूनिकट गुटका भेला तथा भेटघाटमा व्यस्त हुने गरेका छन् । ती सबै कार्यक्रम उनको सरकारी निवासमै हुन्छन् । पार्टी एक हुँदा पनि पनि बैठक त्यहीँ हुन्थे । नयाँ पत्रिका बाट

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close