प्रचण्ड–नेपाल समूहले राजधानीमा १७ पुरायण सुनाएः प्रधानमन्त्री ओली

बुटवल ।प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–नेपाल समूहले राजधानीमा प्रदर्शन गर्दा क्रमश १७ पुरायण सुनाएको आरोप लगाउनुभएको छ । बुधबार काठमाण्डौ मा भएको कार्यक्रम मा १७ जनाले सम्बोधन गरेको भन्दै सोहि प्रसंग जोडनुभएको थियो ।कार्यक्रममा बोल्ने क्रममा धेरै प्रसंग प्रचण्ड माथि जोडदै प्रचण्डले सुर्य चिन्हको गन्ध समेत थाहा नपाएकोले २०४८ देखि नै सुर्य चिन्ह आफुहरुले प्रयोग गदै आएकोले यो चिन्ह कस्को हो। भनेर प्रश्न गर्नु पर्ने र पटक पटक सुर्य चिन्हको आधिकारिकता सम्बन्धी विवादमा नलाग्न समेत आग्रह गर्नुभएको छ ।आज बुटवलमा आयोजित जनसभालाई सम्बोधन गर्दै ओलीले यस्तो बताउनुभएको हो ।
प्रचण्ड लाई उहाँले १० वर्ष सम्मको जनयुद्वमा धेरै पैसा पचाएको र अब ति दिन गएको समेत बताउनुभएको छ ।फरक प्रसंगमा उहाँले निर्वाचन कुनै पनि हालतमा बैशाख १७ र २७ मा हुने भएकोले यसमा कुनै दुई मत नरहेको भन्दै आम कार्यकर्ता लाई सोहि अनुसार लाग्न पनि आग्रह गर्नुभएको छ ।अर्के तर्फ ओलीले निर्मला पन्त र भागरथी भट्टका हत्यारा छिट्टै पक्राउ पर्ने बताउनुभएको छ । बुटवलमा भएको आमसभामा ओलीले निर्मला र भागरथीको बलात्कार र हत्यामा संलग्न व्यक्तिलाई कुनै हालतमा पनि पक्राउ गरेरै छाड्ने बताउनुभयो ।
कमेन्ट गर्नुहोस !