आचारसंहिताको लागि निर्वाचन आयोगले दलहरुलाई बोलायो

काठमाडौं ।प्रधानमन्त्री केपी ओलीले चुनावको मिती घोषणा गरे लगतै निर्वाचन आयोगले विभिन्न कार्यक्रम गदै आएको थियो ।सोहि अनुसार आयोगले आचारसंहिताबारे सबै दलका प्रतिनिधिहरुसँग आज छलफल गर्दैछ । निर्वाचन आचारसंहिताको मस्यौदा तयार पारिसकेको र सो मस्यौदाबारे राजनीतिक दलहरुसँग छलफल गर्न लागिएको आयोगले जनाएको छ ।यस्तै दलहरुसँग छलफल गरिसकेपछि निर्वाचन आचारसंहिता सार्वजनिक गर्ने समेत आयोगले जनाएको छ ।
सरकारले प्रतिनिधिसभा विघटन गरी आगामी बैशाख १७ र २७ गते निर्वाचन मिति तोकेको छ ।तर प्रतिनिधि सभा विघटनबारे सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि नेकपा विभाजित छ। तर आयोगले कसैलाई पनि मान्यता दिएको छैन। ओली र प्रचण्ड-नेपाल समूहले आफूहरू नै आधिकारिक नेकपा भएको दाबी गरेका थिए।
कमेन्ट गर्नुहोस !