बुधबारदेखि मापसे चेकिङ, उपत्यकाका ३९ स्थानमा ‘चेक पोइन्ट’


महानगरीय ट्राफिक प्रहरी महाशाखाले बुधबारदेखि मादक पदार्थ सेवन(मापसे) चेकिङ गर्ने भएको छ।मंगलबार सरकारका प्रवक्ता युवराज खतिवडाले लकडाउन खुलेको घोषणा गरेसँगै काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा मापसे चेकिङ गर्न लागेको महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले जानकारी दिए।
‘हामीले बुधबारदेखि कडाइका साथ मापसे चेक गर्न लागेका छौं,’उनले सेतोपाटीसँग भने,’मापसे गर्ने क्षेत्रमा निगरानी बढाउँछौं र मापसे गरी चलाएको भेटिएमा कारबाही गर्छौं।’
त्यस्तै, मापसेको गरे/नगरेको जाँच्न भने अहिलेलाई मेसिनको प्रयोग नगर्ने उनले बताए।
‘चलाउने तरिकालाई हेरी, सर्वसाधारणबाट सूचना लिई, बोली/वचन हेरी मापसे गरे/नगरेको थाहा पाउन सकिन्छ,’उनले भने,’शंका लागेमा हामीले गाडीमा हालेर अस्पताल लगेर पनि जाँच्न लगाउँछौं।’
उनका अनुसार उपत्यकाका विभिन्न स्थानमा रातिको समयमा ३९ स्थानमा ‘चेक पोइन्ट’ राखिनेछ।
कमेन्ट गर्नुहोस !