थप ८ सय ३८ जनामा कोरोना पुष्टि,एकैदिन ११ जनाको ज्यान गएको पुष्टि

नेपालमा पछिल्लो २४ घन्टामा देशभर ८३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।योसँगै कुल संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ।हाल सम्म कोरोना निको हुनेको संख्या १८ हजार २१४ पुगेको छ ।आज मात्र नेपालमा कोरोना थप संक्रमण बाट११ जनाको मृत्यु भएको छ ।योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३७ पुगेको छ ।
कमेन्ट गर्नुहोस !