प्रचण्ड–माधव पक्षद्वारा चौथो चरणको आन्दोलन घोषणा

काठमाण्डौ ।प्रचण्ड–माधव पक्षले चौथो चरणको आन्दोलन घोषणा गरेको छ । प्रतिनिधिसभा विघटनको विरोधमा २० दिने कार्यक्रम आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको छ ।
जसअनुसार २०७७ फागुन ५ गते देखि १२ गते सम्म सम्बन्धित प्रदेश कमिटीको योजनामा जिल्लाहरूमा जिल्ला स्तरीयविरोध प्रदर्शन, सभा लगायतको विरोध कार्यक्रम गर्ने भएको छ । त्यस्तै २०७७ फागुन ६ गते प्रतिगमन, महङ्गी र भ्रष्टाचारको विरोधमा टुँडिखेल वरिपरि मानव साङ्लो विरोध कार्यक्रम सम्पन्न गर्ने भएको छ ।९ गते उपत्यका र बाहिर सबै जिल्लामा प्रदर्शन गर्ने समितिले जनाएको छ ।
कमेन्ट गर्नुहोस !