कांग्रेसले आज देशभर विरोध प्रदर्शन गर्ने,अर्घाखाँचीको तयारी पुरा

काठमाडौं । नेपाली कांग्रेसले आज देशभर विरोध प्रदर्शन गर्ने भएको छ ।विरोध प्रर्दशन कार्यक्रम मा सभापति शेरबहादुर देउवाले सहभागी हुन नेता, कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।प्रतिनिधिसभा विघटन गरेको विरूद्धमा कांग्रेसले आज ७७ जिल्लामै प्रदर्शन र सभा गर्न लागेको हो ।प्रधानमन्त्रीको कदमलाई कांग्रेसले असंवैधानिक र अलोकतान्त्रिक भनेको छ ।यता संसद विघटन र सरकारका असंवैधानिक कदमहरुका बिरुद्द दोस्रो चरणको बिरोध कार्यक्रम अन्तरगत देश ब्यापी आन्दोलन बिरोध सभा गर्ने केन्द्रको निदेशन अनुसार नेपाली कांग्रेस जिल्ला कार्य समिती अर्घाखाँचीले पनि कार्यक्रम गर्ने जनाएको छ ।
त्यसको सम्पुर्ण तयारी भएको सभापति विष्णु मुस्कानले जानकारी दिनुभयो । सभापति मुस्कानका अनुसार बिहान ११ बजेदेखि बि. पी. स्मृती भवन सन्धिखर्कबाट र्याली र बिरोध सभामा गर्ने भएकाले कार्यकर्तालाई सहभागी हुन अपिल समेत गर्नुभएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close