प्रतितोला सुनको मुल्य १ लाख ४ सय रुपैयाँ निर्धारण

सबैको सन्देश /काठमाण्डौ ।
नेपाली बजारमा सुनको मुल्यले नयाँ रेकर्ड कायम गरेको छ । आज तोलामा १६ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको एक लाख एक हजार ४ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।अन्तर्राष्ट्रिय बजारमा बुधबार सुनको भाउ प्रति औंस ४० डलरले बढेकाले त्यसको असर स्थानीय बजारमा पनि परेको हो ।
कमेन्ट गर्नुहोस !