सुनको मुल्य ११ सयले घट्यो

काठमाडौं । आज सुनको मुल्य एकै दिन तोलामा ११ सयले घटेको छ । हिजो तोलामा ९० हजार ९ सय मा कारोबार भएको सुन आज ८९ हजार ८ सय रुपैयाँमा झरेको हो ।पछिल्लो समय सुनको मूल्यमा आएको अस्थिरताकै कारण कारोबार समेत प्रभावित भएको व्यवसायी बताउने गरेको पाईन्छ ।विशेष गरिकोरोना महामारीसँगै सबै बजारमा छाएको अस्थिरताका कारण सुनको मूल्यमा पनि धेरै उतारचढाव आइरहेको छ । करिव ७ ८ महिना यता नेपाली बजारमा सुनको मुल्यको तुलना गर्दा केही सस्तो हो ।
कमेन्ट गर्नुहोस !