प्रचण्ड ,माधवले पार्टी बिभाजन गरेर गल्ती गरे : घिमिरे

शोभाखर पन्थी /अर्घाखाँची ।
नेपाल कम्युनिस्ट पार्टी नेकपा भुमिकास्थान वडा नं. ७ कमिटीको आयोजनामा नुवाकोट कमलपोखरीमा विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा मन्तव्य राख्दै नेपाल कम्युनिस्ट पार्टी नेकपाका केन्द्रीय सदस्य रामजी प्रसाद घिमिरेले प्रचण्ड ,माधव समूह कम्युनिस्ट मुलधार बाट भागेको बताउनु भएको छ।
उहाँले व्यक्तिगत स्वार्थ र पदको निम्ति कार्यकर्ताको चाहना र जनताको समर्थन लाई लत्याउँदै प्रचण्ड माधब समुहले पार्टी फुटाएको आरोप लगाउनु भयो ।प्रदेशसभाका सदस्य समेत रहनुभएका घिमिरेले कम्युनिस्ट सरकार बनेपछि जिल्लाको बिकासले गति लिएको बताउँदै शिक्षा ,स्वास्थ्य ,यातायात ,विद्युत ,सिंचाइ र खानेपानीको क्षेत्रमा जिल्लामा आमुल परिवर्तन भएको दाबी गर्नुभयो ।
नेता घिमिरेले जनतालाई स्वरोजगार र आत्मनिर्भर बनाई गरिबी र पछौटेपनको अन्त्य गर्ने बताउनुभयो ।
कार्यक्रममा मन्तव्य राख्दै नेपाल कम्युनिस्ट पार्टी नेकपाका जिल्ला सचिव तोजबहादुर रायमाझीले नेपाली कम्युनिस्ट आन्दोलनको मुलप्रवाह प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको नेकपा भएको भन्दै उच्च मनोबलका साथ संगठन निर्माणमा जुट्न कार्यकर्तालाई अग्रह गर्नुभयो ।
वडा कमिटीका अध्यक्ष टानबहादुर पुनको अध्यक्षता र सचिव रामचन्द्र ढुङ्गानाको संचालनमा सम्पन्न कार्यक्रममा नेपाल कम्युनिस्टपार्टी नेकपा भुमिकास्थान नगर कमिटीका ईन्चार्ज खगेश्वर पन्थी ,अध्यक्ष राजेन्द्र आचार्य, सचिव मणि पौडेल ,भुमिकास्थान नगरपालिकाका नगर प्रमुख रेशम थापा ,स्थानीय नेताहरू झुपलाल खनाल ,तारा मल्ल ,केशब थापा,टीका के.सी. प्रथम,घनश्याम आचार्य,मेग बहादुर थापा,अनेमसंघ लुम्बिनी प्रदेश कमिटी सदस्य माया रायमाझी लगायतका वक्ताहरुले राख्नु भएको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close