विश्वभरमा २० करोड मानिसहरुले खोपको डोज लगाए

काठमाण्डौ । विश्वभरमा कोरोनाविरुद्धको खोप डोज मानिसहरुले अहिलेसम्म २० करोडले लगाएका छन् ।विश्वका खासगरी १सय ७ मुलुक र क्षेत्रमा खोप अभियानलाई तीब्र पारिएको अन्तर्राष्ट्रिय स्वास्थ्य निकायहरूले जनाएका छन ।चीन र रुसले भने खोप प्रयोगबारे केही दिनदेखि पछिल्लो विवरण सार्वजनिक गरेका छैनन्। १सय ७ देश र क्षेत्रमा खोप अभियानलाई तीव्र पारिएको र ती देशहरुमा

अहिलेसम्म २० करोड १० लाख ४२ हजार १ सय ४९ डोज खोप प्रयोगमा आएको अन्तर्राष्ट्रिय स्वास्थ्य निकायहरूले बताएका छन् ।
अमेरिकामा सबैभन्दा धेरै पाँच करोड ९० लाख ६० हजारभन्दा धेरै डोज खोप लगाइएको छ ।विश्वभर प्रयोग भएका खोपको मात्राको झण्डै ४५ प्रतिशत अमेरिका, क्यानडा, बेलायत, जर्मनी, फ्रान्स, इटली र जापानमा प्रयोग भएको छ । यी देशहरूमा विश्वको कुल जनसङ्ख्याको १० प्रतिशत जनसङ्ख्या रहेको छ ।विश्वका कम आम्दानी भएका २९ देशमध्ये गिनी र रूवान्डामा मात्रै खोप अभियान सञ्चालन भएको देखिएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close