ब्लग- पानीलाई सबै कुरा थाहा छ !

उदय सुनार

पानीलाई सबैकुरा थाहा छ किनभने यो पृथ्वीको उत्पति र जीवनको सुरुवातको सेतुको रुपमा पानी नै एक प्रमुख तत्व हो । जहाँ मानिसको शरीरभित्र सूर्यको गहिराईमा सूर्यको प्रकाश पुग्न सक्दैन वा प्रकृतिका अन्य तत्वको उपस्थिति हुँदैन त्यहाँ पानी हुन्छ । रुख विरुवाको जरा, पात हुँदैं सम्पूर्ण प्राणिहरुका कोष कोषहरुमा, मानवीय मनदेखि मस्तिष्कसम्म यो शरीरलाई चलायमान बनाउन पानीको संचार छ ।

जमिनका छिद्र हुदैं पृथ्वीको गर्भसम्म बाष्पिकरण भएर तमाम जीवित तथा निर्जीव तत्वहरुमा पानी छ । यदि पानीमा एउटा स्मरणशक्ति वा सूचनाको संचार हुने माध्यम छ भने मैले पिएको पानीको कण मात्रले मेरा शरीरका कोष हुदैं दिशापिसाब, आँशु, पसिना भएर बाहिरिदाँ र बादल बनी आकाशमा मिसिदाँ, जमिनमा मिसिएर मूल बनि फुटेर आउँन्छ वा वर्षात बनी विश्वको कुनै कुनामा झर्दछ । मेरै छेउमा उम्भिएको अर्को मानिसको शरीरमा बगेको पानीका कण भोली उनको शरीरमा संचालित हुनेछन् । यो संचारको क्रममा उनका र मेरा खुसी, दुख, वेदना , पीडा, षड्यन्त्र,समस्या समाधान, रोग भोग र शोकलाई स्मरणका रुपमा आफ्ना कणमा समाहित गरी लिएर जानेछन् । यदी पानी पानी बीचमा संचार हुन्छ भने हिमालको शिरबाट बग्ने गंगा, कलकल बग्ने खोला, जमेका पानी, नुहाए धोएको फोहोर पानीलाई पूजाको कलशमा राखिएको पानीलाई सबै कुरा थाहा छ । बायुमण्डलीय चक्र थाहा छ ।

पानीका मनमा सबै कुरा छ तसर्थ पानीलाई नढाटौं, पानीलाई सबै कुरा थाहा छ ।

-लेखक भरतपुर महानगरपालिका अन्तर्गत सरकारी सेवामा आबद्ध छन् । 

 

 

 

 

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close