सन्धिखर्कमा दूध बेचेरै मासिक १ लाख २० हजार कमाउँदै छनः विष्णुप्रसाद

सागर महत /अर्घाखाँची । विदेशमा बगाउने पसिना स्वदेशमै बगाउन सके केही गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् अर्घाखाँचीका विष्णुप्रसाद आचार्य । चौध वर्षसम्म भारतमा पसिना बगाएर स्वदेश फर्किएका उहाँ अहिले पशुपालनबाट मनग्य आम्दानी गर्न थाल्नुभएको छ ।

सानो ठाउँमा पनि दूध बेचेरै घरखर्च चल्छ र मासिक डेढलाख रुपैयाँ बचत गर्न सकिन्छ भन्दा पत्याउन गाह्रो हुनसक्छ । तर, विदेशमा गरेको दुःख र मेहनतबाट सिक्दै आचार्यले पशुपालन व्यवसायबाट मनग्य आम्दानी गर्न थाल्नुभएको छ । उहाँको फर्ममा अहिले २२ वटा भन्दा बढी दूध दिने गाईभैंसी छन् ।

दूध मात्रै बेचर उहाँले आफ्नो सम्पूर्ण व्यवहार धान्दै आउनुभएको छ । जिल्लाकै तारा मार्ग नजिकको फाँटमा १० रोपनी जग्गा भाडामा लिएर ‘साई कृपा गाई भैंसी फर्म’ सञ्चालन गरेका उहाँले दैनिक १ सय ६० लिटर दुध बिक्री गर्र्दै आउनुभएको छ । त्यसबाट खर्च कटाएर मासिक १ लाख २० हजार रुपैयाँ भन्दा बढी बचत गर्न सकिएको आचार्य बताउनुहुन्छ ।

स्वदेशमै केही गर्ने भन्दै १ लाख ४० हजार रुपैयाँमा तीनवटा गाई खरिद गरी फर्म सञ्चालन गर्नुभएका आचार्यको गोठमा अहिले गाई, भैंसी र उन्नत जातका बाख्रा छन् । छोटै समयमा अहिले २० लाख रुपैयाँ भन्दा बढी पुँजी बनाउनुभएका उहाँले गोठमा गाईभंैसीको संख्या थप्ने योजना बनाउनुभएको छ ।

गाईभैंसीसँगै उहाँले डेरी उद्योगसमेत खोल्नुभएको छ । अहिले सम्म प्रदेश सरकारबाट ४ लाख, पशु सेवा कार्यालयबाट १ लाख रुपैयाँको अनुदान पाएका उहाँले गाउँका बेरोजगार युवाहरूलाई रोजगारीसमेत दिनुभएको छ । विदेशमा जस्तो परिश्रम र मेहनत गर्न सके स्वदेशमा नै स्वर्ग हुने उहाँको भनाइ छ ।

सदरमुकाममै फर्म सञ्चालन भएकाले दूध किसानलाई दूध बिक्री गर्न कुनै समस्या छैन । उपभोक्ताहरू फर्मसम्मै दूध लिन आउने भएकाले दूधमा शुद्धता ल्याउनसके बजारको अभाव नहुने उहाँको भनाइ छ ।

पछिल्लो समय गाउँमा उन्नत किसानहरूको अभाव भइरहेको समयमा सरकारले स्थानीय किसानहरूलाई सहुलियत कृषि ऋण र अनुदानको दर बढाउन सके युवाहरूसमेत पशुपालनतर्फ आकर्षित हुने थिए ।

ईमेज टेलिभिजनमा प्रसारित समाचार भिडियो हेर्नुहोस

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close