ओलीद्वारा देव गुरुङलाई प्रमुख सचेतकबाट हटाए

काठमाण्डौं ।प्रधानमन्त्री एवं नेपाल नेकपा का संसदीय दलका नेता केपी शर्मा ओलीले प्रमुख सचेतकबाट देव गुरुङलाई हटाउनुभएको छ ।ओलीले गुरुङलाई हटाएर खोटाङका सांसद विशाल भट्टराईलाई प्रमुख सचेतकको जिम्मेवारी दिएको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।गुरुङ, प्रचण्ड–माधव समूहमा रहनुभएको थियो । संसद विघटन गर्नुअघि पनि ओलीले गुरुङको राजीनामा माग्नुभएको थियो ।
सर्वोच्च अदालतको फैसलाले संसद पुनर्स्थापना भएपछि नेकपाको विवाद संसदमा सरेको छ र, त्यही क्रममा ओलीले गुरुङलाई हटाएउनुभएको हो ।प्रतिनिसभा पुनःस्थापनापछि सरकार फेरिने चर्चा चलिरहँदा ओलीले दाहाल–नेपाल खेमाका देव गुरुङलाई प्रमुख सचेतक पदबाट हटाउनुभएको हो ।
कमेन्ट गर्नुहोस !