शैक्षिक विकास तथा अनुसन्धान परिषदको बैठक सन्धिखर्कमा सम्पन्न
फाइल तस्वीर

सागर महत /अर्घाखाँची ।
शैक्षिक विकास तथा अनुसन्धान परिषद जिल्ला समिती अर्घाखाँचीको बैठक सन्धिखर्कमा सम्पन्न भएको छ ।बैठकले आगामी शैक्षिक सत्रमा क्यालेन्टर प्रकासन गर्ने,चालु शैक्षिक सत्रको बार्षिक परिक्षा आगामी बैशाख अन्तिम हप्ता संचालन गर्नको लागि प्रश्न पत्र व्यवस्थापन गर्ने,फागुन २४ गते संगठन सुधार गर्नको लागि पेसागत संघ संगठनका अध्यक्षहरुको बैठक राख्ने लगायतका निर्णय गरेको परिषदका अध्यक्ष तथा शान्ति मावि बाँगिका प्रअ मानबहादुर पाण्डेले जानकारी दिनुभयो ।
कार्यक्रममा परिषदका पुर्व अध्यक्ष बाबुराम आचार्य,परिषदका पदाधिकारीहरु सदस्यहरु तिर्थराज आचार्य,सरिता क्षेत्री माधवा भुसाल, डिलाराम पन्थी लगायतको उपस्थीत रहको थियो ।बैठकले सुर्य प्रसाद खनालको संयोजकमा क्यालेन्टर प्रकासन गर्न मस्यैदा पनि तयार गरेको छ,भने कोषाअध्यक्ष तिर्थराज अर्यालको तयार पारेको आर्थिक प्रस्ताव अनुबोदनमा लैजाने समेत निर्णय गरेको बताईएको छ ।
कमेन्ट गर्नुहोस !