पीएसएल खेल्न सन्दीप पाकिस्तानतर्फ

काठमाण्डौं ।नेपाली लेग स्पिनर सन्दिप लामिछाने पाकिस्तान सुपर लिग (पीएसएल) खेल्न पाकिस्तान प्रस्थान गर्नुभएको छ ।सन्दीप बिहान ११ बजे कतार एयरवेजको विमानमार्फत दोहा हुँदै पाकिस्तानको कराचीका लागि प्रस्थान गर्नुभएको हो ।

सन्दिप पाकिस्तानको कराचीमा जारि पीएसएलमा टिम लाहोर कलन्दर्सको लागि खेल्नुहुनेछ । पीएसएल अक्सनमा बिक्रि नहुनुभएका सन्दिपलाई लाहोरले अर्का लेग स्पिनर राशिद खानको प्रतिस्थापनको रुपमा टिममा समाबेश गरेको हो। राशिदले यो सिजन मात्र २ खेल खेलेपछि अफगानिस्तानको लागि खेल्न स्वदेश प्रस्थान गर्नुभएको थियो ।यसअघि लामिछाने पीएसएलको ड्राफ्टमा सर्वाधिक महँगो प्लाटिनम श्रेणीमा रहनुभएको थियो । लाहोर कलन्दर्सले जारी प्रतियोगितामा तीन खेल खेलेकोमा दुईमा जीत तथा एकमा हार ब्यहोरेको छ। लाहोर कलन्दर्स लिगको तेस्रो स्थानमा रहेको छ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close