छात्राहरूलाई महिनावारीका बेला पढाईमा असर नहोस् भनेर शान्ति माविमा प्याड वितरण

अर्घाखाँची । मालारानी गाउँपालिका वडा नम्बर ५ को वडा कार्यालयद्वारा स्यानिटरी निशुल्क स्यानिटरी प्याड हस्तान्तरण गरिएको छ । जसअन्तर्ग वडा नम्बर ५ कै शान्ति माध्यमिक विद्यालयमा निशुल्क स्यानिटरी प्याड हस्तान्तरण गरिएको वडा अध्यक्ष शोभाकर भुसालले जानकारी दिनुभयो । विद्यालयमा निम्न माध्यमिक र माध्यमिक तहमामा अध्ययनरत छात्राहरुको सहजताको लागी स्यानिटरी प्याड वितरण गरिएको र विद्यालयमा अध्ययनरत छात्राहरूलाई महिनावारीका बेला पढाईमा प्रतिकुल असर नहोस् भनेर निशुल्क स्यानिटरी प्याड वितरण गरिएको वडा अध्यक्ष भुसालको भनाई छ ।

No photo description available.

विद्यालयका प्रअ मान बहादुर पाण्डेले सामूदायिक विद्यालयमा अध्ययनरत छात्राहरु महिनावारीको बेला उत्पन्न समस्या बाट पढाईमा बाधा नहोस् भनेर स्यानिटरी प्याड वितरण गरेकोमा सरहाना व्यक्त गर्दै वडा कार्यालयप्रति धन्यवाद व्यक्त गर्नु भएको थियो।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close