गुल्मीमा युवतीको शव फेला

गुल्मी ।गुल्मीमा एक युवतीको शव फेला परेको छ । आज बिहान जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर–३ भाडगाँउमा युवतीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।
गत माघ २९ गते रातीदेखि २१ वर्षीया सम्झना बोहरा बेपत्ता हुनुभएको थियो । भेटिएको शब सोहि युवतीको हुनसक्ने प्रहरी र आफन्तजनहरुले अनुमान गरेका छन् ।

युवतीको शव घरदेखि झण्डै डेढसय मिटर नजिकै बारिको कुनामा टाउको बोरामा राखेको र स्याउला र ढुंगाले ढाकेको अवस्थामा स्थनीय लालबहादुर खत्रीले घाँस काटने क्रममा शबको गन्ध आएको थाहा पाएपछि प्रहरीलाई खबर गरेको स्थानीयले बताएका छन् ।
शवको पहिचान हुन बाँकी रहे पनि बेपत्ता सम्झनाको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close