आधिकारिक नेकपा पार्टी र सूर्य चिह्नःहाम्रो हुन्छ ,अध्यक्ष दाहाल

काठमाण्डौ – नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आधिकारिक नेकपा र सूर्य चिह्नआफूहरुले पाउने पक्का भएको दाबी गर्नुभएको छ । पार्टी निकट पेसागत महासंघ र नेपाल राष्ट्रिय कर्मचारी महासंघको काठमाण्डौमा भएको एकता कार्यक्रममा प्रचण्डले निर्वाचन आयोगले आफूहरुलाई नै आधिकारिक नेकपा पार्टी र सूर्य चिह्न पक्का आफुहरुले पाउने बताउनुभयो । अध्यक्ष दाहालले अदालतको फैसलापछि ओली समूह पाहा पछारिए झैं पछारिए पनि अझै जित्यौं भन्दै हिडिरहेको बताउनुभयो ।
उहाँले संसद् विघटनपछि प्रधानमन्त्री ओलीले हल्ला चलाएको सेटिङ अदालतले भत्काइदिएकाले निर्वाचन आयोगको हल्लाको सेटिङ पनि भत्किने दाबी गर्नुभयो ।दाहालले पार्टी एकताको प्रसंग निकाल्दै ओलीमा इमानदारी, वैचारिक निष्ठा, जिम्मेवारीबोध केही पनि नरहेकाले उहाँ बेइमानी र जालझेलपूर्ण कामको विरूद्धमा संघर्ष भएको बताउनुभयो।
कमेन्ट गर्नुहोस !