एन्फाका खेलाडी र कर्मचारीको आजदेखि कोरोना परीक्षण गरिने

सबैको सन्देश/ काठमाण्डौ । अखिल नेपाल फुटबल संघ एन्फाले खेलाडी र कर्मचारीको कोरोना आज परीक्षण गर्ने भएको छ ।जसमा एन्फाले तोकिएका कर्मचारी र प्रशिक्षक समावेश हुने बताएको छ ।पहिलो चरणमा आज काठमाण्डौ बाहिरबाट आएर क्वरेण्टीनमा बसेका ११ जना खेलाडीको कोरोना परीक्षण हुनेछ । उनीहरुको पाटन अस्पतालमा कोरोना परीक्षण हुने भएको हो । भदौ १ गतेबाट प्रशिक्षण सुरु हुनेछ । विश्वकप छनोट अन्तर्गत नेपालले ३ वटा खेल घरेलु मैदानमा खेल्ने योजना छ । नेपालले आउँदो असोज २२ गते चाइनिज ताइपेईसँग खेल्दैछ । त्यसको ५ दिनपछि अर्थात् असोज २७ गते अष्ट्रेलियासँग खेल्ने तालिका छ ।यता काठमाण्डौ उपत्यका बाहिरबाट आएका ११ खेलाडी होटलमा बसेका छन्, भने २२ जना खेलाडी घरमा नै होम क्वरेण्टीनमा छन् ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close