अर्घाखाँचीमा थप दुई जनामा कोरोना पुष्टि

सबैको सन्देश/सागर महत ,अर्घाखाँची ।
अर्घाखाँचीमा थप दुई जनामा कोरोना पुष्टि भएको छ ।कोरोना पुष्टि हुनेमा जिल्लाको भुमिकास्थान नगरपालिका वडा नम्बर ९ का २४ र २० वर्षका पुरुष रहेको स्वास्थ्य कार्यालय अर्घाखाँचीका सुचना अधिकारी विजय बरालले जानकारी दिनुभयो ।उनीहरु केहि समय अगाडी भारतबाट आई भगवति माविको क्वारेन्टाइनमा बसेका बरालको भनाइ छ । भने आज थपिएका दुई जना सहित जिल्लामा संक्रमित संख्या ३ पुगेको छ ।यस अघि जिल्ला सन्धिखर्क नगरपालिका १ जना संक्रमित क्वारेन्टाइन रहेका थिए । कुल संक्रमित ३ सय २९ जना मध्ये ३ सय २३ जना डिस्चार्ज भएका छन ।भने कोरोनाका कारण हाल सम्म जिल्लामा ३ जनाको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिनुभयो ।आज थएिका २ जना र पहिलेका १ जना गरि हाल जिल्लामा ३ जना उपचाररत रहेको खनालले जानकारी दिनुभयो ।जिल्ला भर १ सय ५१ जना स्थानीय पालिकाले निर्माण गरेका क्वारेन्टाइनमा बसेका छन ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close