राष्ट्रिय सभा उपनिर्वाचनका लुम्बिनीमा दुईजनाको उम्मेदवारी

काठमाण्डौं ।राष्ट्रिय सभाका उपनिर्वाचनका लागि मंगलबार लुम्बिनी प्रदेशमा दुईजनाको उम्मेदवारी परेको छ । यही जेठ १७ गते हुने उपनिर्वाचनमा एमालेका तर्फबाट अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर – ५ का चन्द्रबहादुर खड्काले उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँ माओवादीबाट एमालेमा प्रवेश गर्नुभएको थियो ।त्यसपछि माओवादीले पदमुक्त गरेपछि उहाँको राष्ट्रिय सभा सदस्य पद गुमेको थियो । खड्काले दाङस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मंगलबार उम्मेदवारी दिनुभएको हो ।यस्तै उता कांग्रेस, माओवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका तर्फबाट दृगनारायण पाण्डेले उम्मेदवारी दर्ता गराउनुभएको हो। विपक्षी गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावविरुद्ध उभिएर एमालेबाट विद्रोह गर्नुभएका एमाले प्रदेश सभा सदस्य पाण्डेलाई उम्मेदवारी बनाएको हो ।

प्रदेश सभा सदस्य ७९ र गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख दुई सय १७ गरी दुई सय ९६ मतदाता रहेको निर्वाचन अधिकारी भट्टराईले बताउनुभयो। लुम्बिनी प्रदेशको चुनावी अंकगणितमा गठबन्धन अगाडि छ । एमालेका ३८ सांसद र ८७ स्थानीय तहका प्रतिनिधिको गरी कुल ३३ सय ९० मतभार रहेको छ ।

विपक्षी गठबन्धनका कांग्रेसको १९ सांसद र ६६ स्थानीय तहका प्रतिनिधि गरी कुल २१ सय मतभार छ । माओवादीका १९ सांसद र स्थानीय तहका प्रतिनिधि ४२ गरी कुल १६ सय ६८ मतभार छ । कांग्रेस र माओवादीको मात्रै ३७ सय ६८ मतभार छ । विपक्षी गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चाका एक सांसद र पाँच स्थानीय तहका प्रतिनिधि गरी कुल एक सय ३८ मतभार छ ।

जसपाका ६ सांसद र १४ स्थानीय तहका प्रतिनिधि गरी कुल चार सय ४४ मतभार छ । जसपा दुई सांसद गठबन्धनको पक्षमा उभिएका छन् । यस्तै, राप्रपाका दुई र स्वतन्त्रबाट निर्वाचित एकजनाको गरी एक सय ४४ मतभार छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close