चारतारा बहुउद्धेश्य सहकारीको दोश्रो साधारण सभा सम्पन्न

सबैको सन्देश ।विक्रम पाण्डे समान्ता ,अर्घाखाँची ।चारतारा बहुउद्धेश्य सहकारीको दोश्रो साधारण सभा सन्धिखर्क १२ मा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै सन्धिखर्क नगरपालीकाका नगर प्रमुख कमल प्रसाद भुसालले सहकारीको माध्यमबाटै आर्थिक समृद्धि हासिल गर्न सकिने बताउनु भएको छ ।

चारतारा बहुउद्धेश्य सहकारी संस्था लिमिटेट सन्धिखर्क नगरपालिका वडा नं। १२ को दोश्रो साधारण सभालाई संबोधन गर्दै भुसालले सहकारीले व्यावसायिक कृषि, पशुपालन तथा दुग्ध जन्य बस्तुहरुलाई प्रवद्र्धन गरी उत्पादनमा बृद्धि संगै आर्थिक समृद्धिको बाटालाई अघि बढाउनु पर्ने कुरामा जो दिनु भएको छ ।कार्यक्रममा सन्धिखर्क नगरपालीका वडा नं १२ का वडा अध्यक्ष नारायण खड्काले मानिसको आर्थिक रुपान्तरणको मेरुदण्ड सहकारी क्षेत्र भएकोले सहकारीमा आबद्ध भई आप्ःनो जिवनको भविष्य सुधार गर्दै समाजमा सकारात्मक संदेश दिई उदाहरणीय कार्य गर्न आग्रह गर्नुभयो ।

त्यस्तै नेपाली कांग्रेसका क्षेत्रीय सभापति केशवराज कुँवर व्यक्तिको आर्थिक विकास विना समाजको सम्रग विकास हुन नसक्ने भन्दै सबै एक जुट भई सहकारीमा आबद्ध हुन आग्रह गर्नुभयो ।


सहकारीका सल्लाहकार हरी बहादुर खड्काले यूवाहरुलाई आय आर्जन गर्न उत्साहित गरि लगानी गर्नुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै नेपाली कांग्रेसका वडा सभापति तथा संस्थाका सल्लाहकार लिलाधर बस्यालले सन्धिखर्क नगरपालीकामै पहिलो पटक दर्ता गरी बैधानिकता पाएको सहकारी भएकै कारणले आम वार्डबासीको साथ र समर्थन पाएको बताउनु भयो । सभापति बस्यालले एउटा वार्डमा दुई वटा बहुउद्धेश्यीय सहकारी संचालन गर्न नपाइने हुँदा चारतारा सहकारी नै एकमात्र बहुउद्धेश्यीय सहकारी संस्था भएको उल्लेख गर्नु भयो । उहाँले चारतार बहुउद्धेश्यीय सहकारी माथी कसैले भ्रम र झुटको खेती गर्नेहरुलाई खबरदारी गर्नु पर्ने बताउनु भयो ।
त्यस्तै कृषि विकास बैंँक अर्घाखाँची शाखा प्रमुख चिरन्जीवी बस्यालले सहकारीको माध्यमबाट आयमुलक ब्यबसायलाई जोड दिई आर्थिक उपार्जन गर्न तर्फ सबै लाग्नुपर्ने बताउनुभयो ।उहाँले ब्यबसाय गर्न चाहने ब्यक्तिले सहकारीसँग सहकार्य गरी सहयोग मागे बैंँकको तर्फबाट आबश्यक पर्ने हरेक क्षेत्रमा सहयोग गर्न तयार रहेको उद्घोष गर्नुभयो । कार्यक्रममा निजामति कर्मचारी युनियन संघका जिल्ला अध्यक्ष शेषकान्त घिमिरे ओसन , नेपाल पत्रकार महासंघका अर्घाखाँचीका सचिव सुर्य भुसाल लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष कृष्ण बहादुर खड्काले संस्थाको वार्षिक प्रतिबेदन प्रस्तुत गर्नुभयो भने संस्थाका कोषाध्यक्ष खिमकला कुँवरले वार्षिक आयब्यय प्रस्तुत गर्नु भयो । संस्थाका लेखा समिति संयोजक लिलामणि बस्यालले लेखा समितिको प्रतिबेदन प्रस्तुत गर्नुभयो ।


कार्यक्रम संस्थाका अध्यक्ष कृष्णा बहादुर खड्काको अध्यक्षता , उपाध्यक्ष कृष्ण कुमार बस्यालको स्वागत मन्तब्य तथा सचिव तारा प्रसाद बस्यालको सञ्चालनमा सम्पन्न भएको थियो । २०७४ सालमा स्थापना गरी २०७६ सालमा बैधानिकता पाएको सहकारीमा ५४१ सदस्य रहेका छन् । साधारण सभाले सेयर सदस्य थप्ने प्रस्तावलाई सर्वसहमत पारीत गरेको छ । साथै यस आथिर्क वर्षमा सेयर सदस्य थप गरी एक हजार पुर्याउने लक्ष्य लिएको छ । सहकारीको हाल चाुल पुँजी ५० लाख ९१ हजार रहेको छ । साथै आज मात्र सहकारीमा ५० जना नयाँ सेयर सदस्य थपिएको बताएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close