नेपाल निजामती कर्मचारी युनियन अर्घाखाँचीको आयोजनामा क्यालेण्डर विमोचन

सुर्य भुसाल,सन्धिखर्क ।नेपाल निजामती कर्मचारी युनियन अर्घाखाँची को आयोजनामा नवबर्ष २०८१ को शुभकामना आदानप्रदान तथा क्यालेण्डर विमोचन एक भब्य समारोहबीच सम्पन्न भएको छ ।
बिमोचन कार्यक्रममा प्रमुख अतिथि नेपाली काङ्ग्रेस का जिल्ला सभापति केशब श्रेष्ठले जनताका काम छिटोछरितो र सर्वसुलभ तवरबाट गरी सुशासनको प्रत्याभुती दिलाउने गरि काम गर्न कर्मचारी हरुलाई आग्रह गरेका छन ।
क्यालेण्डरको बिमोचन गर्दै सभापति श्रेष्ठले स्थायी सरकार नै निजामती कर्मचारी रहेको बताउदै उनले सरकारलाई सफल गराउने वा असफल गराउने हात निजामती प्रशासनमा नै रहेको बताउदै युनियन मा आबद्द कर्मचारी ईमानदार हुने बताए ।
नवबर्ष २०८१ को शुभकामना दिदै श्रेष्ठ ले जनताको सेवामा निजामती कर्मचारीहरुले अझ परिस्कृत भइ काम गर्ने मा आफुले बिश्वास लिएको बताए ।
कार्यक्रममा कर्मचारी हरुको आधिकारिक ट्रेड युनियनका अध्यक्ष कृष्ण बर्माले निजामति कर्मचारी सरकारको मेरुदण्ड नै रहेको हुँदा कर्मचारीले जनताको सेवा र सुविधालाई निष्पक्ष ढंगबाट सेवा प्रभाहा गर्नु पर्ने बताए ।
कर्मचारीको हकहितको निम्ति सदैव ट्रेड युनियन तत्पर रहेको बताउदै कर्मचारी लाई पर्ने समस्या समधान गर्न सगठन अब्बल रहेको जिकिर गरे ।
कार्यक्रममा बोल्दै नेपाल ट्रेड युनियन अर्घाखाँची का अध्यक्ष तथा स्वास्थ्य कर्मि सघका अध्यक्ष गणेश पौडेलले राजनीति र प्रशासनको सम्बन्ध सुमधुर हुन आवश्यक रहेको बताउनुहुदै कर्मचारीलाई कमजोर बनाउने काम सरकारबाट हुन नहुने बताए ।
कार्यक्रममा नेपाल प्रेस युनियन का केन्द्रिय सदस्य प्रेम नारायण आचर्यले निजामती कर्मचारी युनियन र प्रेस युनियन सहकार्य गरेर अगाडि बढेको बताउदै सरल सेवा दिनका लागि कर्मचारी लाई अनुरोध गरे ।
कार्यक्रममा निजामती कर्मचारी युनियनका पुर्व जिल्ला अध्यक्ष नेता शेषकान्त घिमिरेले संघीय निजामति सम्बन्धी ऐन सदनमा टेबुल भएको बताउदै निजामति सेवामा लाग्ने सम्पुर्ण कर्मचारीले एउटै सेवा सुविधा पाउनुपर्ने मुख्य एजेण्डा युनियनको रहेको दाबि गरे ।
कार्यक्रम नेपाल निजामती कर्मचारी युनियन अर्घाखाँची का अध्यक्ष दिपक पान्डेको अध्यक्षता सहसचिव रमेस न्यौपाने को सन्चालनमा सम्पन्न भएको कार्यक्रममा नेपाल निजामती कर्मचारी युनियनका नेताहरु रुकेन्द्र पालुङ्गे माया घिमिरे नेता प्रकाश परियार नेताहरु मोहन मिश्र सिबलाल घिमिरे थान बहादुर महत्रा राजेन्द्र भट्टराई सन्जय कुमार श्रेष्ठ मधु खनाल चन्द्रमणि आचर्य मोति घिमिरे राधा न्यौपाने प्रेस युनियन का जिल्ला उपाध्यक्ष अम्बिका बेल्वासे कर्मचारी का नेता बिस्नु खनाल रबिन्द्र न्यौपाने लगाएतले शुभकामना दिएका थिए ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close