दक्षिण अफ्रिकाकी एक महिलाले एकैपटक १० बच्चा जन्माइन

काठमाडौं। अघिल्लो महिना मात्र एकैपटक ९ बच्चा जन्माएर विश्वरेकर्ड बनाएकी मालीकी एक महिलाको रेकर्ड एक महिनामै तोडिएको छ । दक्षिण अफ्रिकाकी एक महिलाले एकैपटक १० बच्चा जन्माएर एकैपटक सबैभन्दा धेरै बच्चा जन्माएको नयाँ रेकर्ड बनाएकी छिन् । एक महिनाअघि मालीकी महिला हलिमा सिसीले मोरक्कोको एक अस्पतालमा एकैपटक ९ बच्चा जन्माएकी थिइन् ।

समाचारअनुसार ७ जूनका दिन ३७ वर्षकी गोसियामी धमारा सिटहोल नामकी महिलाले एकैपटक १० बच्चा जन्माएकी छिन् । उनले ७ छोरा र ३ छोरी जन्माइन् । गर्भावस्थाको जाँचको क्रममा उनलाई डाक्टरले उनको गर्भमा ६ बच्चा हुन सक्ने बताएका थिए तर जन्मिँदा अपेक्षा गरिएका भन्दा ४ बच्चा धेरै जन्मिए । १० बच्चा जन्माएका दम्पती निकै कुसी छन् । उनीहरुको परिवारमा उत्सवको माहोल छ ।

सिटहोलले स्थानीय मिडियासँग कुरा गर्दै आफ्नो गर्भावस्थालाई लिएर आफैं चकित भएको बताइन् । द सनको रिपोर्टअनुसार उनका सबै बच्चा पूर्ण रुपमा स्वस्थ भएको बताइएको छ । बच्चाहरुलाई आगामी केही महिनासम्म इन्क्युबेटरमा राखिनेछ । सिटहोलले प्राकृतिक रुपमै गर्भधारण गरेकी थिइन् । गर्भावस्थाको क्रममा आफूलाई निकै असहज भएको उनले बताइन् ।डिसी नेपाल बाट

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close