काठमाडौं उपत्यकामा १७२ सहित ६ सय ४१ जनामा कोरोना संक्रमण

नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार ६ सय ६० पुगेको छ। गत २४ घण्टामा मात्र ६ सय ४१ जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।  एपीएफ अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका ३, भरतपुर अस्पतालमा चितवनका २७ र मोरङका १, भेरी अस्पताल नेपालगञ्जमा बाँकेका १०, बर्दियाका २ र दाङका १ जनामा कोरोना भेटिएको छ। बिध ल्याब प्रयोगशाला ललितपुरमा काठमाडौंका ६, ललितपुरका १, मोरङका ६ र पर्साका २, बि एण्ड बि अस्पतालमा ललितपुरका १, धुलिखेल अस्पतालमा पर्साका ११ जनामा कोरोना पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।

काठमाडौं उपत्यकामा थप १ सय ७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १ सय २६, ललितपुरमा ३८ र भक्तपुरमा ८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

कोरोनाको आशंकामा गत २४ घण्टामा १२ हजार २ सय ४७ जनाको पिसिआर परीक्षण भएको छ। कुल संक्रमितमध्ये ९ हजार २ सय २१ संक्रिय संक्रमित छन्। देशभर हाल १५ हजार २ सय ४३ जना रहेको मन्त्रालयले जनाएको छ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close