अर्घाखाँचीमा लोडसेडिङ हैन, प्राधिकरण प्रमुख रास्कोटी (भिडियो )

सबैको सन्देश /अर्घाखाँची ।
नेपाल विद्युत प्राधिकरण अर्घाखाँची वितरण केन्द्रको अनियमित विद्युत आपूर्तिले नागरिक हैरान भएका छन् । जिल्लाको अधिकामश ठाँउमा अनियमित विद्युत आपूर्तिले नागरिक सास्ती खेप्न बाध्य भएको भुमिकास्थान नगरपालिका वडा नम्बर ९ का मदन घिमिरेको भनाई छ । केहि समय पहिला अर्घाखाँची जिल्ला लोडसेडिङ मुक्त जिल्ला भनिएर घोषण पनि गरिएको आम नागरिक लाई जानकारी भएको विषय हो ।तर पछिल्लो समय कुनै सुचना नगरि लाईट काट्दा यहाँका नागरिक हैरान भएका हुन ।हैरान हुनु विषय बस्तु आमनागरिकले बुझन नसक्दा समस्या भएको नेपाल विद्युत प्राधिकरण अर्घाखाँची वितरण केन्द्रका प्रमुख बिरमान रास्कोटीको भनाई छ । जिल्ला भर ३६ हजार गा्रहक संख्या भएको ठाउँमा अहिलेको कर्मचारीको आवश्यकता एक सय जना भएता पनि हाल ५० जना कर्मचारीले जिल्ला भर हेर्नुपर्ने बाध्यता रहेको कार्यालय प्रमुख रास्कोटीको भनाई छ ।

अर्घाखाँचीमा बिद्युतको समस्या कहाँ के छ । पुरा जानकारीको लागि कार्यक्रम पुरा सुन्नुहोस

अर्के तर्फ बर्खायाम भएकाले कुनै ठाउँ लाईट बिग्रियो भने तत्काल जानको लागि अधिकामश ग्रामीण सडक सहज नहुदाँ हिडेर जादाँ धेरै समय लाग्नु फल्ट लाईन पत्ता लगाउन समय लाग्ने लगायतका समस्या पनि प्रमुख रहेका छन ।
अर्घाखाँची वितरण केन्द्रमा निम्न उल्लेखित स्थानबाट बिद्युत लाईन आउने गरेको छ ।
१ झिमरुक —प्युठान—खिल्जी —सन्धिखर्क अर्घाखाँची (३३ के.भी लाईन )
२ गुल्मी विरबास —चिदिका अर्घाखाँची (३३ के.भी लाईन लाईन)
३ गुल्मी विरबास —तम्घास —मरेंग अर्घाखाँची (३३ के.भी लाईन)
४ दाङ लमही—शितगंगा ८ चरिंगे (३३ के.भी लाईन )
५ दाङ लमही,सातमार अर्घाखाँची (११ के.भी लाईन)
६ पाल्पा बतासे —पणेना अर्घाखाँची ( ११ के.भी लाईन)
माथि उल्लेख गरिएका वितरण केन्द्र लाईनमा पनि पटक पटक समस्या आउने गरेको बताईएको छ ।हाल अर्घाखाँची वितरण केन्द्रको कार्यक्षेत्रभित्र ३ वटा सबस्टोसन निर्माणाधीन अवस्थामा रहेको योजनाको काम सम्पन्न गर्नको लागि विभिन्न कम्पनीले जिम्मा लिएपनि त्यो काम समयमा सम्पन्न गर्न नसक्दा यसले पनि समस्या उत्पन्न गराएको बताएको छ । सबस्टेसन जिल्लाको शितगंगा नगरपालिकाको ठाडा,मालारानी गाउँपालिकाको हंसपुर,पाणिनी गाउँपालिकाको दुर्गाफाँटमा ३३/११ केभीको सबस्टेसन सम्पन्न भएमा फिडरमा भएको लाईन सजिलै आईसोलेट गर्न सकिने र अरु भागमा लाईन सजिलै संचालन गर्न सकिने बताईएको छ । दीर्घकालीन रुपमा १३२ केभी मोतिपुर— सन्धिखर्क —तम्घास पौदी अमराई— बुर्तिबाङ आयोजनाका १३२/३३/११ के भी फुदबाङ सबस्टेशन सम्पन्न भई सुचारु भएपछी वितरण केन्द्रअन्ततर्गतका स्थानहरुमा बिद्युत अनियमित हुने समस्या समधान हुने बताईएको छ ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close