लिबियामा जहाज दुर्घटनामा ४५ जना आप्रवासी शरणार्थीको मृत्यु

लिबियामा यसै हप्ता भएको पानी जहाज दुर्घटनामा पाँच बालबालिकासहित ४५ जना भन्दा बढी आप्रवासी र शरणार्थीहरुको मृत्यु भएको छ ।संयुक्त राष्ट्रसंघीय एजेन्सीका अनुसार यस वर्ष लिबियामा भएको सबैभन्दा भयानक दुर्घटनामा ती व्यक्ति मारिएका हुन् ।उनीहरु सवार पानी जहाज सामुद्रिक ज्वारभाटाका कारण किनारामा बिस्फोट भएको थियो ।जहाजमा सवारमध्ये ३७ जनाको स्थानीय माझीहरुले जिवितै उद्दार गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

संयुक्त राष्ट्रसंघीय मानवअधिकार निकाय र आप्रवासी कामदारहरुको पक्षमा काम गर्ने संस्था आईओएमले हराइरहेकाहरुको खोजी कार्यलाई तीव्र पार्न आह्वान गरेका छन् ।खोजी कार्यमा सहभागीहरु सुरक्षा बन्दोबस्तीसहित परिचालित नभए उनीहरुको पनि भू–मध्यसागरमा मृत्यु हुने राष्ट्रसंघीय निकायहरुले चेतावनी दिएका छन् ।यस वर्ष समुद्री मार्गबाट असुरक्षित रुपमा लिबियाबाट युरोप जाने क्रममा तीन सयभन्दा बढी आप्रवासीको मृत्यु भएको छ ।तर मृत्यु हुनेको आंकडा अझै बढी रहेको हुनसक्ने समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।सन् २०११ मा पूर्व नेता मुअम्मर गद्दाफीको पतन र हत्यापछि लिबिया आप्रवासीहरुका लागि महत्वपूर्ण ट्रान्जिट देश बन्दै आएको छ ।त्यहाँका आप्रवासीहरु खतरामुक्त नरहेको राष्ट्रसंघीय निकायहरुले उल्लेख गरेका छन् ।लिबियामा जारी द्वन्द्वका कारण मानवअधिकार उल्ल्ंघन र व्यक्ति हत्याका घटनाहरु पनि जारी रहेको बताइएको छ ।बुधबार जहाज दुर्घटनामा बाँचेकाहरु मुख्यतया सेनेगल, माली, चाड र घानाका नागरिक रहेको बताइएको छ । उनीहरु लिबिया प्रस्थान गरेलगत्तै सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए ।एजेन्सी

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close