आज तीजको दर खाइँदै

शक्त्ति महत/सबैको सन्देश ।
महिलाहरुको महत्वपूर्ण चाडपर्व तीज भित्रिएको छ । कोभिड १९ को महामारीले यस वर्षको तीजलाई असर गरेको छ । सरकारले धेरै ठाउँमा निषेधाज्ञा र लकडाउन गरेकोले तीज पहिलेजस्तो रमाइलो भने हुने छैन ।
भाद्र शुक्ल द्वितीया अर्थात हरितालिका तीजको अघिल्लो दिन तीजको निराहार व्रत बस्न शक्ति प्राप्तिका लागि नेपाली हिन्दु नारीहरुले दर खाने परम्परा छ । दर खाने दिनमा विभिन्न मीठा परिकार बनाएर खाने र नाचगान गरेर रमाइलो गर्ने चलन छ ।
परापूर्वकालमा देवी पार्वतीले भगवान शिवलाई स्वामी पाउँ भनि निराहार व्रत बसेको र उनको कामना पूरा भएको विश्वासका साथ अविवाहिताले राम्रो पति पाउन र विवाहिताले पतिको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै तीज पर्व मनाउने चलन छ ।
कमेन्ट गर्नुहोस !