अर्घाखाँचीमा खरको पिङ लोप हुने अवस्थामा

सबैको सन्देश /सागर महत अघौखाँची ।
अर्घाखाँचीमा पछिल्लो समय पिङ लोप हुने अवस्थामा पुगेको छ ।तीज पर्व र दशैँतिहारमा युवाहरु जमघट भएर गाउँ बस्तीका टोलटोलमा हालिने र खेलिने पिङ लोप हुँदै गएको जिल्लाको मालारानी गाउँपालिकाका बसन्त खड्काको भनाई छ ।युवा भेला भई हरियो खर काटेर आवश्यक अनुसार लम्बाई र ३ देखि ६ सरे सम्म बाटेर बलियो रुखको हागोमा बानेर युवा वर्गले जुटेर पिङ लगाएर कसले धेरै मच्चाउने र खेलिने पिङको प्रतिस्पर्धा गर्ने चलन लोभ हुदै गएको उनको भनाई छ ।टोलटोलामा खेलिने पिङ आज भोली त देख्न समेत हराएको जानकार हरु समेत बताउछन ।
पिङ किशोर, युवादेखि वयस्कसम्म सबै बर्गका मानिसको रुचिको विषय हो । अर्के तर्फ पछिल्लो समय अधिकामश युवा विदेश तथा जिल्ला बाहिर रोजगारको लागि जादाँ गाउँघरमा युवा वर्ग कम मात्र हुनाले पछिल्लो समय पिङ लोभ हुदै गएको पाका पुस्ताको भनाई छ ।केही युवा भएता पनि हिजोआज भने आधुनिक जीवनशैलीसँगै नेपाली यस्ता संस्कृति विस्तारै हराउँदै गएकोमा पाका पुस्ता चिन्ता प्रकट गर्ने गर्दछन ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close