नेपाल तरुण दल सन्धिखर्क १२ को अन्तकृया तथा नियमित बैठक सम्पन्न

सबैको सन्देश / अर्घाखाँची ।
नेपाल तरुण दल सन्धिखर्क नगरपालिका वडा नं. १२ को अन्तकृया तथा नियमित बैठक सम्पन्न भएको छ । बैठक नेपाल तरुण दल जिल्ला अध्यक्ष नारायण खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

वडा न १२ मा भएका बिकास निर्माण , बेरोजगार युवाहरुलाई रोजगारको ब्यबस्थापन तथा कार्यसमितिमा रिक्त रहेको पदमा पदपुर्ती लगायतका बिसयमा बृहत् छलफल भएको छ । नवीन बस्यालको अध्यक्षतामा निर्माण गरिएको समितिमा केहि समय देखि विभिन्न पदहरु खाली रहेको थियो । रिक्त रहेको पदमा द्वितीय उपाध्यक्षमा वसन्त बस्याल , तृतीय उपाध्यक्षमा अशोक जिसी , सचिवमा बिक्रम खनाल ,त्यस्तै सदस्यमा गोविन्द परियार ,बिजय खनाल , नमित बस्याल ,नारायण परियार ,बिश्णु भुसाल , सन्जय जिसीलाई चयन गरेको छ । त्यस्तै वडाको विभिन्न टोलद्वारा मनोनित सदस्यमा सरोज पाण्डे ,शंकर भुसाल र श्याम बस्याल रहेका छन् ।
कार्यक्रममा तरुण युवाहरुले आफ्नो धारणा र गुनासाहरु राखेका थिए ।


कार्यक्रममा सन्धिखर्क नगर ट्रेड युनियन काङ्ग्रेसका उपाध्यक्ष नामदेव खनाल , प्रेस युनियनका जिल्ला सदस्य बिक्रम पाण्डे लगायतको उपस्थिति रहेको थियो । तरुण युवाहरुको बिचारलाई सम्बोधन गर्दै जिल्ला तरुण अध्यक्ष नारायण खाड्काले युवाहरुको सकारात्मक भावना र बिचारलाई सधै सम्मान गर्ने बताउनु भयो । उहाँले समाज हुने बिकृती बिसङ्गतीको अन्त्य गर्दै समाज निर्माणको पहरेदार बन्न सुझाव दिनु भयो । अध्यक्ष खड्काले तरुण युवा बलियो भए नेपाली काङ्ग्रेस बलियो हुने भन्दै एकजुट अघि बढ्नु पर्ने बताउनु भयो । कार्यक्रम सन्धिखर्क १२ तरुण अध्यक्ष नवीन बस्यालको अध्यक्षता , तरुण दल जिल्ला अध्यक्ष नारायण खड्काको प्रमुख आतिथ्यता , कृष्ण बस्यालको स्वागत मन्तव्य तथा श्याम बस्यालको सन्चालनमा सम्पन्न भएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close