कोराना संक्रमण बढेपछि अर्घाखाँची सुनसान

सबैको सन्देश, अर्घाखाँची ।
देशभर नै कोरोना संक्रमितको दर बढिरहेको बेला अर्घाखाँचीमा पनि हिजो कोरोना संक्रमित भेटिएपछि अर्घाखाँचीको सदरमुकाम लगायत अन्य ठाउँ सुनसान भएका छन् । हिजोको रिपोर्टमा स्वास्थ्यकर्मी समेत संक्रमित भएपछि अर्घाखाँचीस्थित जिल्ला अस्पतालले आफ्नो इमरजेन्सी बाहेकका सबै सेवा बन्द गरेको छ ।
देशव्यापि रुपमा लक्षणसहितको संक्रमणको दर बढ्दै जाँदा आम सर्वसाधरण घरबाहिर निस्कन छोडेका छन् ।
यसैगरी लकडाउनको पालना सबैतिरबाट भएको छ । यसअघिको लकडाउनमा बढी उलंघन भएपनि त्रासका कारण यसपटक भने मानिसहरु सचेत देखिएका छन् ।
कमेन्ट गर्नुहोस !