बायोमेड दाहालको ब्लग- “कोरोना र अटेर नेपाली”

-रामकुमार  दाहाल
सुरु व्यक्तिगत कुराबाट गरौं,
म स्वास्थ्य कर्मसँग सम्बन्ध राख्छु र दिनहु हस्पिटल आउने जाने गर्छु , मैले आफ्नो तर्फबाट सम्पूर्ण सावधानी अपनाए पनि, मलाई COVID संक्रमण हुन पनि सक्छ वा म बाट अरूलाई संक्रमण हुन पनि सक्छ त्यसैले मेरो घरमा आएर मेरो परिवारका सदस्यसँग बसेर समय व्यतीत नगर्न अनुरोध गर्दछु ।
अब गाउँघरतिरको कुरा गरौं,
कोरोना संक्रमणले तिब्र रुपमा अगाडि बढ्दै गरेको परिस्थितिमा , आगामी दिनमा ग्रामीण क्षेत्रमा यसको असर अझ कहाली लाग्दो हुने देखिदै छ । यसको मुख्य कारण हाम्रो सामाजिक रहनसहन नै हुनेछ भन्दा आति उक्ति नहोला । छिमेकीको घर जाने सामाजिक दूरी कायम नगरी घण्टौं बस्ने, मास्कको प्रयोग शुन्य अनि साबुनपानीले हात धुने बानी विकास नभएको अवस्थाले गर्दा संक्रमण बढ्ने देखिन्छ । काम विशेषले बजार गयो भने पनि घर आएपछि लगाएको कपडा छुट्टै राखेर नुहाएर घर छिर्ने कुरा त परै साबुनपानीले हात गोडा धुनेसम्म पनि नगरेको देखिन्छ । अर्को कहालीलाग्दो सत्य के भने आफ्नो एकाघरको मान्छे छ भने रुघा,खोकी तथा ज्वरो आयो भने कुनै सावधानी विना नै परिवारको अरु सदस्यसँग बस्ने , मुख नछोपी खोज्नेजस्ता ब्यवहारले संक्रमण बढाउने कुरालाई बल पुगेको देखिन्छ । अनि अर्को कारण भनेको ग्रामीण क्षेत्रका चिया पसलहरु अबका ” Micro hot spot” हुने देखिन्छन् , त्यहाँ जम्मा हुने समाजका बुद्धिजीवी ,नेता र साधारण श्रोताहरु बिच हुने विश्व राजनीति , कोरोना अनि गाउँघर कै बहसका क्रममा निस्किने हाँसो, व्यंगले पनि संक्रमणलाई राम्रै वातावरण सिर्जना गरेको छ, त्यसैले सचेत बनौं ।
-घरमै बसौं,
-परिवारमा बस्दा पनि रुघा खोकी छ भने सके सम्म अरु सदस्य सँग दूरी कायम गरी बसौं,
-अनावश्यक कारणमा घर बाहिर नजाऊ , जानै परे मास्क लगाएर जाउँ ,घर आए पछि मास्क र लगाएको कपडाको उचित व्यवस्थापन गरी साबुन पानीले हात धोएर मात्र घरमा जाउँ,
– छर छिमेकमा गएर गफ गरेर समय व्यतीत नगरौं,
-कोरोना विषेशज्ञ हुँदै विभिन्न चिया पसल नकुदौ , घरसम्म कोरोना आउने बाटो नखनौं,
-सरकारलाई मात्र गाली नगरौं , आफूले पनि असल नागरिकको कर्तव्य पुरा गरौं ।
-दाहाल कान्ति बाल अस्पतालमा बायोमेडको रुपमा कार्यरत हुनुहुन्छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close