नेपाली कांग्रेस सन्धिखर्क २ को आयोजना मा क्रियासिल सदस्यता वितरण

सबैको सन्देश /प्रेमनाराण आचार्य ,अर्घाखाँची ।
नेपाली कांग्रेस सन्धिखर्क नगरपालिका वडा नम्बर २ को आयोजनामा घोचेखोला टोलमा क्रियासिल सदस्यता वितरण तथा घोचेखोला टोल समितिको गठन कार्यक्रम सम्पन्न भएको छ । सामाजिक दुरि कायम गरि भएको कार्यक्रममा नेपाल महिला संघ जिल्ला उपाध्यक्ष जानका बन्जाडे, नेपाली कांग्रेस जिल्ला सदस्य हुम प्रसाद बन्जाडे, चुरामणी भट्टराई , बाबुराम भुसाल , नेपाल प्रेस युनियनका केन्द्रीय पार्षद प्रेमनारायण आचार्य, तरुण दलका जिल्ला सहसचिव रेशम भुसाल , नेपाली कांग्रेसका केसब आचार्य, कृष्णप्रसाद पन्थी , रामचन्द्र बन्जाडे, खगेश्वर आचार्य, बाबुराम पाण्डे , विकास भुसाल, लक्ष्मी आचार्य, , सुशील आचार्य , लगायतको उपस्थिति रहेको थियोे । भेलाले विकास भुसालको अध्यक्षतामा घोचेखोला टोल समितिको गठन गरेको छ । जसको उपाध्यक्षमा डिलबहादुर रायमाझी , सचिव रेशम भुसाल, कोषाध्यक्ष सरस्वता बन्जाडे, र सदस्यमा गिता भुसाल , खगेश्वर आचार्य, केशब पोख्रेल र मुकुन्द पोख्रेल , रहेका छन् । कार्यक्रम नेपाली कांग्रेस सन्धिखर्क २ का वडा सभापति बिष्णुप्रसाद भुसालको अध्यक्षतामा सम्पन्न भएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close