गुल्मीमा आएको पिसिआर मेसिन काठमाण्डौं फिर्ता

-सुमन महतारा

गुल्मी जिल्लामा ल्याईएको पिसिआर मेसिन सञ्चालन गर्नुको सट्टा एक महिना पछि विभिन्न उपकरण छुटेको भन्दै काठमाडौं  फिर्ता गरिएको छ ।

उक्त पिसिआर मेसिन गत श्रावण तीन गते नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले जिल्लाको सदरमुकाम तम्घासमा एक विशेष कार्यक्रममा तामझामका साथ रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसाललाई हस्तान्तरण गरेका थिए ।

मन्त्री ज्ञवालीले स्वयम आफै उक्त पिसिआर मेसिन काठमाडौंदेखि हेलिकेप्टर मार्फत सदरमुकाम तम्घासमा ल्याएका थिए ।

मेसिन जडानको लागि रेसुङ्गा नगरपालिकालाई जिम्मा दिइएको थियो । तर नगरपालिकाले उक्त मेसिनलाई चाहिने विभिन्न उपकरणहरु नभएको कारण देखाउँदै सञ्चालनमा ल्याउन नसकेको बताएको छ ।

त्यस्तै एक महिनासम्म पनि रेसुङ्गा नगरपालिकाले उक्त मेसिन राख्ने भौतिक संरचना समेत तयार पार्न सकेको थिएन । पिसिआर मेसिन अनुगमनका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवाबाट आएको टोलीले मेसिनमा लाग्ने उपकरणहरु नभएको भन्दै यसलाई आफुहरुले जडान गर्न नसक्ने बताएका थिए ।

काठमाडौंबाट आएको स्वास्थ्यको टोलीले पिसिआर मेसिनलाई आवश्यक पर्ने विभिन्न उपकरणहरु नभएको भन्दै ती उपकरणहरु मेसिनलाई कस्तो चाहिने हो, त्यसै अनुसारको लिनको लागि उक्त मेसिन परराष्ट्रमन्त्री ज्ञवालीका स्वकिय सचिव जंग नेपालीले काठमान्डौ लगेको रेसुङ्गा नगरपालिका मेयर डिल्लीराज भुसालले बताए ।

उनले जिल्लामा प्राविधिकहरु र लकडाउनका कारण उपकरण समयमै उपलब्ध गराउन नसकेको बताए । मेसिन राख्नको लागि आवश्यक भौतिक संरचनाको काम अन्तीम चरणमा पुगेको बताए । प्राविधिक र उपकरणहरु उपलब्ध भएमा पिसिआर मेसिन १५ दिन भित्रमा जिल्लामा ल्याउने र सञ्चालन गर्ने मेयर भुसालको भनाई रहेको छ । पिसिआर मेसिन अनुगमनका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवा र काठमान्डौबाट आएको स्वास्थ्यको टोलीले आवश्यक पर्ने उपकरणहरु नभएको भनेपछि त्यो मेसिन काठमाडौं  पठाईएको गुल्मी अस्पतालका मे।सु। डा। उत्तम पच्याले बताए ।

उनले अब त्यही मेसिन आउँछ की अर्को नयाँ मेसिन आउँछ त्यो विषयमा आफुलाई जानकारी नरहेको बताए । जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माले मेसिनमा विभिन्न उपकरणहरु जडान गर्नुपर्ने भएकाले उक्त मेसिन काठमाडौं  लगिएको बताए ।

जिल्लामा प्राविधिक बोलाउन नसकिने र उपकरणहरु उपलब्ध गराउँन नसकिने भएकाले मेसिनमा विभिन्न उपकरणहरु जडान गर्नको लागि काठमाडौं  पठाईएको बताईएको छ ।

जिल्लामा पिसिआर मेसिन सञ्चालनका लागि दुई नगरपालिकाबाट १५र१५ लाख र दश गाउँपालिकाबाट १०र१० लाख रुपैयाँ उठाउने भएका थिए ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close