थप ९सय २७ कोरोना सङ्क्रमित थपिए, १२ जनाको मृत्यु

सबैको सन्देश /काठमाडौं ।
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या ९ सय २७ जनामा पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।यो संगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ३६ हजार चार सय ५६ पुगेको छ ।
यता पछिल्लो २४ घण्टामा १ सय ६९ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या २० हजार २ सय ४५ पुगेको छ ।यस्तै गएको २४ घण्टामा १२ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १ सय ९५ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।
कमेन्ट गर्नुहोस !