शनिबार रातिदेखि दुई/तीन दिनसम्म नेपालमा मनसुन सक्रिय हुने
मनसुनी रेखा नेपालमा धेरै दिनसम्म रही रहेकाले वर्षा बढी

नेपालमा फेरि आगामी तीन दिन मनसुन सक्रिय हुने भएको छ। शनिबार रातिदेखि मनसुन न्यूनचापीय रेखा नेपालको तराई भू-भाग नजिक सर्ने सम्भावना देखिएकाले दुई/तीन दिनसम्म देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको मौसमविद् शान्ति कँडेलले बताइन्। ‘केही स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेको छ’, मौसमविद् कँडेलले भनिन्। मौसमविद्का अनुसार यस वर्ष मनसुन बढी सक्रिय भएको छ।
कमेन्ट गर्नुहोस !