अर्घाखाँचीमा थप २० जनामा कोरोना संक्रमण पुष्टि,१ को मृत्यु

सागर महत/ अर्घाखाँची ।
अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये सन्धिखर्क नगरपालिमा ११ जना,भुमिकास्थान नगरपालिमा ३ जना,शितगंगा नगरपालिका २ जना,मालारानी गाउँपालिकामा १ जना र छत्रदेव गाउँपालिकामा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।यो सँगै जिल्लामा कुल कोरोना संक्रमितको संख्या २३सय१२ पुगेको छ भने हाल सम्म कोरोना मुक्त हुनेको संख्या १९ सय ३ पुगेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।

अब जिल्लाभरमा सक्रिय कोरोना संक्रमितको संख्या ३सय ४७ रहेको छ ।यस्तै पछिल्लो २४ घण्टामा सन्धिखर्क नगरपालिमा एक जनाको कोरोना संक्रमण बाट मृत्यु भएको छ । यो सँगै जिल्लामा कोरोना संक्रमण बाट हाल सम्म मृत्यु हुनेको संख्या ६२ पुगेको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close