अर्घाखाँचीको शितगंगामा बस दुर्घटना हुँदा ३ जना गम्भीर घाइते

सागर महत,अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिकामा बस दुर्घटना भएको छ ।शितगंगा ४ को कोप्चिवामा रा १ ख १५०५ नम्बरको बस दुर्घटना हुँदा ३ जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

सुपादेउराली मन्दिर दर्शन गरि दाङ जाँदै गरेको बस ओरालोमा ब्रेक फेल भएर भित्तामा ठोक्किई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक दिपेन्द्र रावलले जानकारी दिनुभयो ।

घाइते लाई उपचारको लागि बुटवल पठाइएको उहाँले बताउनुभयो । बसमा २५ जना सवार रहेका थिए । सामान्य घाइते भएकाको ठाडा प्राथामिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको जनाएको छ । घाइतेको परिचय खुल्न बाकी छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close