रेसुगांको हिउँमा रमाउँदै आन्तरिक पर्यटक (फोटोफिचर)

गुल्मी संवाददाता ।
पवित्र धार्मिक स्थल रेसुगांमा यस वर्ष भारी हिमपात भएको छ । दुईदिन परेको वर्षा रोकिएपछि हिउँ खेल्न आन्तरिक पर्यटक रेसुगांको डाँडोमा उकाली चढेका हुन् । हिउँमा रम्न बालबालिका, वयस्क तथा बुढाबुढी समेत रेसुगांमा पुगेर रमाएका छन् । हिउँमा रमाउन गुल्मी जिल्लाका अलावा अर्घाखाँची, पाल्पाबाट समेत पर्यटक आएको गुल्मी धुर्कोटका पुष्कर घिमिरेले बताए ।
हेरौं रेसुगांमा परेको हिउँमा रमाउँदै गरेका पर्यटक ।
कमेन्ट गर्नुहोस !