थप अर्घाखाँचीमा ७ जनामा कोरोना पुष्टि,संक्रिय संक्रमित संख्या २५ पुग्यो

सागर महत/अर्घाखाँची ।

अर्घाखाँचीमा थप ७ जनामा कोरोना पुष्टि भएको छ ।कोरोना पुष्टि हुनेमा सन्धिखर्क नगरपालिका वडा नं. १ मा बसोबास गर्ने ५ जना पुरुष ,सन्धिखर्क नगरपालिकाकै वडा नं. ६ मा बसोबास गर्ने १ जना पुरुष हुन,भने शितगंंगा नगरपालिका मा १ जना पुरुष गरि आज जिल्ला भर ७ जना लाई कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय अर्घाखाँचीका सुचना अधिकारी विजय बरालले जानकारी दिनुभयो।बरालका अनुसार आज थपिएका ७ जना सहित जिल्ला मा संक्रिय कोरोना संक्रमित संख्या २५ पुगेको छ । हाल सम्म जिल्लामा कोरोना संक्रमितको संख्या ३ सय ५४ मध्ये कोरोना कारण जिल्ला भरमा ३ जनाको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिनुभयो ।भने कोरोना लाई जितेर डिस्चार्ज हुनेको संख्या ३ सय २६ रहेको बताइएको छ । भारत तथा छिमेकी जिल्ला बाट क्वारेन्टाइनमा बस्नेको संख्या ६४ रहेको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close