नेकपा फुटको प्रभाव: अर्घाखाँचीमा आज केपी पक्षले बैठक डाक्यो

अर्कोतिर जिल्लाका पार्टी सचिव ठाकुर कुमार विकले भने सामाजिक सन्जाल फेसबुकमा स्टाटस लेख्दै बैठक आधिकारीक नभएको र गुटगत बैठकमा उपस्थित नहुन आग्रह गरेका छन् ।

-शक्ति महत/ सबैको सन्देश
नेकपा फुटको प्रभाव अर्घाखाँचीमा पनि देखिएको छ । नेकपा जिल्ला कमिटि अध्यक्ष चेतनारायण आचार्यले आज १८ गते शनिबार नेकपा अर्घाखाँचीको चौथो पूर्ण बैठक भन्दै बैठकमा उपस्थित हुन जिल्ला कमिटिका सदस्यहरुलाई आब्हान गरेका छन् ।
अर्कोतिर जिल्लाका पार्टी सचिव ठाकुर कुमार विकले भने सामाजिक सन्जाल फेसबुकमा स्टाटस लेख्दै बैठक आधिकारीक नभएको र गुटगत बैठकमा उपस्थित नहुन आग्रह गरेका छन् ।
आज हुने भनिएको केपी पक्ष समूहको बैठकमा उर्जामन्त्री टोप बहादुर रायमाझीको समेत उपस्थित रहने भएको छ । यसअघि प्रचण्ड माधव समूहले जिल्लामा जिल्ला स्तरीय प्रशिक्षण भेला सम्पन्न गरेको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close